लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा   « Khabarhub

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा  


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ ।

कम्पनीका सचिव प्रकाश न्यौपानेका अनुसार कम्पनीले फागुन २५ गते आइतबार दियो महल धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत हुन आउने १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ कर सहित नगद लाभांश दिने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश वितरण गर्नको लागि आगामी फागुन १५ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । फागुन १४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ५५ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका