संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय  « Khabarhub

संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका प्रमुख सचेतकको बैठकले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।  

आइतबार सिंहदरबारमा बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसदमा विचाराधीन सबै विधेयकहरूलाई अघि बढाउन पहल गर्ने निर्णय गरेको हो । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको बताए  ।

उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने सहमति भएको धारणा राखे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्ने कुरामा ढिलाइ भएको भन्दै केही विषयमा परिमार्जन गर्दे असहमतिका बुँदाहरूलाई प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न सकिने धारणा राखे  ।

सरकारले ल्याएका अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको उनले बताए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५