संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय  « Khabarhub

संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका प्रमुख सचेतकको बैठकले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।  

आइतबार सिंहदरबारमा बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसदमा विचाराधीन सबै विधेयकहरूलाई अघि बढाउन पहल गर्ने निर्णय गरेको हो । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको बताए  ।

उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने सहमति भएको धारणा राखे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्ने कुरामा ढिलाइ भएको भन्दै केही विषयमा परिमार्जन गर्दे असहमतिका बुँदाहरूलाई प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न सकिने धारणा राखे  ।

सरकारले ल्याएका अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको उनले बताए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : ५९ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।