उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्थामा सुधार, भेटघाट निषेध « Khabarhub

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको अवस्थामा सुधार, भेटघाट निषेध


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महोत्वस उद्घाटनका क्रममा बेलुनमा पड्किएपछि आगो लागेर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अवस्था सुधारोन्मुख रहेको छ ।

शनिबार पोखराबाट जलनमा परेर कीर्तिपुर अस्पतालमा भर्ना गरिएका पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्थामा सुधार हुँदै गएको हो ।

उनीहरू दुवैलाई शनिबारदेखि नै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकाले हिजोभन्दा आज स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले बताएका छन् ।

नकर्मीले तत्काललाई भेटघाट पनि बन्द गरिएको बताए । ‘उहाँहरूको अवस्थाबारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ । हाललाई अवस्था सामान्य भए पनि संक्रमण हुने भएको हुदाँ अर्को सूचना नआएसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको छ’, उनले भनेका छन् ।

अहिले दुवैजनाको उपचारमा प्रा. डा. बीडी झा, डा. प्रवीण गिरी लगायत आईसीयु कक्षको टोली खटिएका छन् । त्यसैगरी प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञको टोली र डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली पनि दुवैको स्वास्थ्योपचारमा खटिएको छ । पौडेल र आचार्यको उपचारमा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि सक्रिय रहेको नकर्मीले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : २९ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा