संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ « Khabarhub

संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन अमेरिकासहितले चलखेल र लगानी गरेको जिकिर गरेको छ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद एवम् महामन्त्री धवल शमशेर राणाले नेपालमा ९४ प्रतिशर ओमकार समुदाय हुँदा पनि विदेशीको आडमा धर्मरिपेक्ष राज्य बनाइएको आरोप लगाएका छन् ।

महामन्त्री राणाले नेपाली जनता जागेका दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने भएकाले बेलामै निर्णय सच्याउन भनेका छन् ।

नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले करोडौँ डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन पनि उनले सरकारसँग माग गरेका छन् ।

‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु, ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई यो कुरा चित्त बुझेको छैन’, उनले भने, ‘यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात् राजासहितको प्रजातन्त्रमा परिणत गर्न यो सभासँग आग्रह गर्न चाहान्छौँ । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप बस्ने स्थिति छैन । भोलि आन्दोलन हुन्छ। त्यसैले उल्ट्याउँछ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ४५ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा