सहकारीमा बदमासी- चालु वर्षमा मात्रै ५ अर्ब ११ करोड ठगी आरोपमा ४४ मुद्दा चलाइयो « Khabarhub

सहकारीमा बदमासी- चालु वर्षमा मात्रै ५ अर्ब ११ करोड ठगी आरोपमा ४४ मुद्दा चलाइयो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारी संस्थाको ५ अर्ब ११ करोड रुपैयाँ बचत हिनामिना तथा ठगी गरेको आरोपमा चालु आर्थिक वर्षमा मात्रै ४४ वटा मुद्दा दर्ता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूसँग प्रत्यक्ष सवाल-जवाफका क्रममा यसबारे जानकारी दिएका हुन् ।

‘सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको छ’, उनले भने, ‘पहिले देखिएका समस्या विस्तारै समाधानोन्मुख छन्। सहकारी ठगीमा चालु आर्थिक वर्षमा मात्र नेपाल प्रहरीबाट ५ अर्ब ११ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भइसकेका छन् ।’

सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ सरकारले जारी गरिसकेको पनि उनले बताए ।

‘जुन यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोशेढुङ्गा सावित हुनेछ’, उनले भने, ‘त्यसैगरी, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको छ ।’

अर्को सवालमा प्रधानमन्त्रीले अनुचित लेनदेन (मिटर ब्याज) पीडितलाई न्याय र राहत दिने सम्बन्धमा यस समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्न जाँचबुझ गरी राय/सुझावसहितको प्रतिवेदन पेश गर्न गठन भएको आयोगमा दर्ता भएकामध्ये ५ हजार २ सय उजुरी फर्छयौट भइसकेका बताउ ।

उनले नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरू छानबिन गरी टुंग्याउने काम भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : २९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु