जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड निकासा « Khabarhub

जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड निकासा


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले हालसम्म जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा गरिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूसँगको सवाल-जवाफका क्रममा यस्तो जानकारी दिएका हुन् ।

‘रुकुम र जाजरकोटबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भई रीतपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ’, उनले भने, ‘२०८१ माघमा मात्रै भूकम्प प्रभावितहरूका लागि थप ८० करोड निकासा भएको छ। जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिने छ।’

उनले मनसुनजन्य विपद् एवम् भूकम्पबाट प्रभावितको समस्या समाधानका लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को पुस २८ गतेको बैठकले १ खर्ब १ अर्बको पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत गरेको उनले बताए ।

निजी आवास र भौतिक पूर्वाधार पुन:र्निर्माणको लागि स्पष्ट मार्गचित्र तयार भएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ४३ बजे

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण