जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड निकासा « Khabarhub

जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब ९५ करोड निकासा


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले हालसम्म जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा गरिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूसँगको सवाल-जवाफका क्रममा यस्तो जानकारी दिएका हुन् ।

‘रुकुम र जाजरकोटबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भई रीतपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ’, उनले भने, ‘२०८१ माघमा मात्रै भूकम्प प्रभावितहरूका लागि थप ८० करोड निकासा भएको छ। जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिने छ।’

उनले मनसुनजन्य विपद् एवम् भूकम्पबाट प्रभावितको समस्या समाधानका लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को पुस २८ गतेको बैठकले १ खर्ब १ अर्बको पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत गरेको उनले बताए ।

निजी आवास र भौतिक पूर्वाधार पुन:र्निर्माणको लागि स्पष्ट मार्गचित्र तयार भएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ४३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको