पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै मोसो दलेर कुटपिट गरियो « Khabarhub

पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै मोसो दलेर कुटपिट गरियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सुनसरी- ताप्लेजुङको प्रसिद्ध पाथीभरा धाममा आईएमई समूहले निर्माण गरिरहेको केबलकारको पक्षमा लागेको भन्दै एकजना व्यक्तिमाथि कुटपिट र दुर्व्यवहार भएको छ ।

नो केबलकार समूहका सदस्यहरूले आइतबार धरानमा पदम चेन्जी माबोलाई मोसो दलेर कुटपिटसमेत गरेकमा हुन् ।

ताप्लेजुङ निवासी उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका नेता-कार्यकर्ताले धरान उपमहानगरपालिका-९ पुतली लाइनमा कुटपिट गरी मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

माबोले केबुलकारको पक्षमा सार्वजनिक रुपमा बोलेको र विरोध गर्नेलाई गाली गरेको आरोप लगाइएको छ । उनलाई मोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले जिकिर गरे ।

माबोलाई मोसो दल्नेहरूमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतीसहित थिए ।

पाथीभरा मन्दिर जने गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आईएमई समूहले केबलकार निर्माण गरिरहेको छ । अहिले काफ्लेपाटीस्थित तल्लो स्टेशनको पूर्वाधार निर्माण तीव्र पारिएको छ ।

मोसो दलेर कुटपिट गरिपछि माबोले उक्त घटनामा संलग्नलाई कारबाही माग गरेका छन्। मोसो दलेर कुटपिट गरिएका माबोलाई अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ। माबोलाई करिब २४ जनाको समूहले कुटपिट र मोसो दलेका हुन् । मोसो दल्ने र कुटपिट गर्नेविरुद्ध माबोले जाहेरी दिने बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ०३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन