पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै मोसो दलेर कुटपिट गरियो « Khabarhub

पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै मोसो दलेर कुटपिट गरियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सुनसरी- ताप्लेजुङको प्रसिद्ध पाथीभरा धाममा आईएमई समूहले निर्माण गरिरहेको केबलकारको पक्षमा लागेको भन्दै एकजना व्यक्तिमाथि कुटपिट र दुर्व्यवहार भएको छ ।

नो केबलकार समूहका सदस्यहरूले आइतबार धरानमा पदम चेन्जी माबोलाई मोसो दलेर कुटपिटसमेत गरेकमा हुन् ।

ताप्लेजुङ निवासी उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका नेता-कार्यकर्ताले धरान उपमहानगरपालिका-९ पुतली लाइनमा कुटपिट गरी मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

माबोले केबुलकारको पक्षमा सार्वजनिक रुपमा बोलेको र विरोध गर्नेलाई गाली गरेको आरोप लगाइएको छ । उनलाई मोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले जिकिर गरे ।

माबोलाई मोसो दल्नेहरूमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावतीसहित थिए ।

पाथीभरा मन्दिर जने गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आईएमई समूहले केबलकार निर्माण गरिरहेको छ । अहिले काफ्लेपाटीस्थित तल्लो स्टेशनको पूर्वाधार निर्माण तीव्र पारिएको छ ।

मोसो दलेर कुटपिट गरिपछि माबोले उक्त घटनामा संलग्नलाई कारबाही माग गरेका छन्। मोसो दलेर कुटपिट गरिएका माबोलाई अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ। माबोलाई करिब २४ जनाको समूहले कुटपिट र मोसो दलेका हुन् । मोसो दल्ने र कुटपिट गर्नेविरुद्ध माबोले जाहेरी दिने बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ०३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२