ओस्कार अवार्ड- २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने « Khabarhub

ओस्कार अवार्ड- २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ऋतिक रोशन र ऐश्वर्या रायको फिल्म ‘जोधा अकबर’लाई फ्यानहरूले निकै रुचाएका थिए । यो एक पिरियड ड्रामा फिल्म थियो र यसमा ऋतिक–एशको जोडीले फ्यानबाट धेरै माया पाएको थियो । यो फिल्म रिलिज भएको १७ वर्ष भइसकेको छ ।

यस विशेष अवसरमा, ओस्कार अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले यस फिल्मको विशेष स्क्रिनिङको घोषणा गरेको छ। मार्चमा यो फिल्मको स्पेशल स्क्रिनिङ हुनेछ । आशुतोष गोवारीकर निर्देशित ‘जोधा अकबर’ सन् २००८ मा रिलिज भएको थियो ।

यो एक ऐतिहासिक रोमान्टिक फिल्म थियो, जसमा ऋतिक रोशनले अकबरको भूमिका निभाएका थिए भने ऐश्वर्या रायले जोधाबाईको भूमिका निभाएकी थिइन । 

फिल्मले फ्रेबुअरी १५ मा  १७ वर्ष पूरा गरेको छ । फिल्म ‘जोधा अकबर’को विरासतलाई कायम राख्दै एकेडेमीले मार्च २०२५ मा लस एन्जलसमा फिल्मको विशेष स्क्रिनिङको आयोजना गरेको छ । यो ‘जोधा अकबर’ को लागि उत्सव भन्दा कम छैन।

फिल्मको बारेमा आशुतोष गोवारीकर भन्छन्, ‘जोधा अकबरको १७ वर्ष पूरा भएकोमा दर्शकप्रति म धेरै आभारी छु । मानिसहरूले यसलाई आफ्नो सम्झनामा राखेका छन् र अझै पनि प्रेम व्यक्त गरिरहेका छन् । 

फिल्मको रिलिजदेखि लिएर ओस्कारमा स्पेशल स्क्रिनिङसम्म सबैको मिहिनेतका कारण फिल्म सफल भएको छ । फिल्मले विश्वभरका दर्शकको माया पाएको छ ।”

केही दिन अघि ‘जोधा अकबर’ को बारेमा खबर आएको थियो कि फिल्ममा ऐश्वर्या राईले लगाएको लेहेंगालाई एकेडेमीले मोसन प्रदर्शनीका लागि राखेको थियो । 

यो पोशाक प्रसिद्ध डिजाइनर नीता लुल्लाले डिजाइन गरेकी थिइन । ‘जोधा अकबर’ यसको भव्य सेट र शाही भव्यताका लागि मात्रै होइन, बरु, यो फिल्म यसको उत्कृष्ट छायांकन, उत्कृष्ट वेशभूषा र उत्कृष्ट ध्वनि ट्र्याकको लागि पनि सम्झना गरिन्छ । 

यस फिल्ममा ऐश्वर्या र ऋतिकका साथै सोनु सुद, रजा मुराद, इला अरुण, सुहासिनी मुळे र निकितन धीरले पनि अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : १४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट