सीके राउतका नेता-कार्यकर्ता बन्दुकसहित निस्किएपछि… « Khabarhub

सीके राउतका नेता-कार्यकर्ता बन्दुकसहित निस्किएपछि…


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

रौतहट – डा. सीके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान थालेको छ।

शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो।

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिबार हतियार प्रदर्शन गरेकोबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरू गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन्।

जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए।

छानबिनका क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको र हतियार बोकेका दुवै उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।

‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मा लगाएर पठाएको छु, आइन्दा प्रजिअ सरको निर्देशन अनुसार हुने छ,’ उनले भने।

उता प्रजिअ हिरालाल रेग्मीले प्रहरीले सुरू गरेको अनुसन्धान पूरा भएपछि उचित सुझाव दिने बताएका छन्।

उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँस्थित जमसैदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए।

त्यही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खानसँगै जमसैद सोफामा बसेका थिए। उनकै घरको प्राङ्गणमा नेताहरू घुमिरहँदा दुवै जना मानिस हतियार बोकेर सँगसँगै हिँडेका थिए।

जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।

यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए।

सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ३७ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट