बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह | Khabarhub Khabarhub

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालै बढुवा भएका नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन् ।

फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो । तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज्यानी चिन्ह लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दामाथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन कुँवरले निर्देशन दिए।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ३९ बजे

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा

तीजको अवसरमा कर्णाली यसभिएसले दियो खेलाडीलाई सारी

काठमाडौं- कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई सारी वितरण गरेको

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिको

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा