भूमिसम्बन्धी अध्यादेशबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ « Khabarhub

भूमिसम्बन्धी अध्यादेशबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो ।

सरकारले गत माघ २ गते ल्याएको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्चको फैसलाको अपमान भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

झापाको गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालललेप्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले ओलीलाई पदबाट मुक्त गर्नुपर्नेसमेत माग गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ३६ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका