केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक  प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

कर्णाली र सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : २६ बजे

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क