पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै « Khabarhub

पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आइतबार एपिएफ क्लब र कर्णाली प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ। अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी र बागमतीको खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा चार खेल खेलेका आर्मी र पुसिको समान आठआठ अंक छ। रनरेटका आधारमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रो स्थानमा छ। यी दुवै टिम अपराजित छन्।

विभागीय टोली एपिएफले तीनमा एक खेल गुमाएर चार अंक जोडेको छ। तालिकामा एपिएफ तेस्रो स्थानमा छ।
समान चार अंक भएको लुम्बिनी रनरेटका आधारमा चौथो स्थानमा छ।

मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले तीन खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्।

चार खेल खेलिसकेको कोशी प्रदेश अंकबिहीन तालिकाको पुछारमा छ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : १५ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको