युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा | Khabarhub Khabarhub

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई साकार बनाउन तथा युक्रेनको रक्षाका लागि सैन्य योजना कार्यान्वयनको तहमा पुगेको बताएका छन्। उनले २९ देशका नेतासँगको भर्चुअल बैठकमा सो कुरा बताएका हुन्।

शान्ति योजनालाई बलियो बनाउन तथा युक्रेनी सुरक्षाको ग्यारेन्टी गर्न सैन्य नेता बिहीबार लन्डनमा भेला हुने समेत उनले बताए।

अमेरिकाले राखेको ३० दिने युद्ध विराममा युक्रेन सहमत भए पनि रुसले थुप्रै शर्त राखेपछि बेलायती प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।

शनिबारको बैठकमा सहभागी युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले वार्ता मात्र नभएर ठुलो दबाबको आवश्यकता रहेको बताए। उनले रुसले शान्ति नचाहेको कुरा संसारले बुझ्न आवश्यक रहेको बताए। रुसले युद्ध विराम नगरे उनीहरूलाई अन्तिमसम्म दबाबको आवश्यकता रहेको समेत उनले बताए।

उनले युरोपेली देशले आफै हतियार बनाउन आवश्यक रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता आवश्यक रहेको बताए।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : १७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई