युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा « Khabarhub

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई साकार बनाउन तथा युक्रेनको रक्षाका लागि सैन्य योजना कार्यान्वयनको तहमा पुगेको बताएका छन्। उनले २९ देशका नेतासँगको भर्चुअल बैठकमा सो कुरा बताएका हुन्।

शान्ति योजनालाई बलियो बनाउन तथा युक्रेनी सुरक्षाको ग्यारेन्टी गर्न सैन्य नेता बिहीबार लन्डनमा भेला हुने समेत उनले बताए।

अमेरिकाले राखेको ३० दिने युद्ध विराममा युक्रेन सहमत भए पनि रुसले थुप्रै शर्त राखेपछि बेलायती प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।

शनिबारको बैठकमा सहभागी युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले वार्ता मात्र नभएर ठुलो दबाबको आवश्यकता रहेको बताए। उनले रुसले शान्ति नचाहेको कुरा संसारले बुझ्न आवश्यक रहेको बताए। रुसले युद्ध विराम नगरे उनीहरूलाई अन्तिमसम्म दबाबको आवश्यकता रहेको समेत उनले बताए।

उनले युरोपेली देशले आफै हतियार बनाउन आवश्यक रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग वार्ता आवश्यक रहेको बताए।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ८ : १७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १