पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट « Khabarhub

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी र गण्डकी प्रदेशको खेल रोचक र सनसनीपूर्ण बनेको छ ।

आइतबार भएको खेलमा कोशी प्रदेशले गण्डकीविरुद्ध आक्रामक बलिङ गरेको छ । भैरहवास्थित सिद्धार्थनगर मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको गण्डकीले पाँच ओभरको समाप्तिमा ६ विकेट गुमाएको थियो । गण्डकीविरुद्ध कोशीका विपिन महतो र फिर्दोष अन्सारीले आक्रामक बलिङ गरेका हुन् । उनीहरुले दुईदुई ओभर बलिङ गर्दा तीनतीन विकेट हात पारेका थिए।

खेलको सुरुमा दबाबमा परेको गण्डकीले पहिलो ओभरमा एक विकेटको क्षतिमा चार रन बनाएको थियो । कोशीका लागि पहिलो ओभरको चौथो बलमा मुस्कान थापालाई आउट गर्दै फिर्दोष अन्सारीले विकेट लिए ।

दोस्रो ओभरमा दुई चौका प्रहार गर्दै गण्डकीले थप १० रन जोड्यो । तेस्रो ओभरमा भने गण्डकीविरुद्ध आक्रामक बलिङ गरेका कोशीका अन्सारीले मेडन राख्दै दुई विकेट लिए । तेस्रो ओभरका चौथो र अन्तिम बलमा उनले क्रमस अर्जुन कुमाल र दीपक डुम्रेलाई आउट गरेका हुन् ।

चौथो ओभर बलिङ गर्न आएका विपिन महतोले मेडन राख्दै थप दुई विकेट लिए । चौथो ओभरको समाप्तिमा गण्डकीले पाँच विकेट गुमाउँदा मात्र १४ रन जोड्न सक्यो । पाँचौ ओभर कोशीका लागि अन्सारीले मेडन राखे भने छैठौ ओभरको पहिलो बलमा एक रन दिएका विपिन महतोले दोस्रो बलमा रोहित चन्दको विकेट लिए । ६ ओभरको समाप्तिमा गण्डकीले ६ विकेट गुमाउँदै मात्र १५ रन बनायो । सातौ ओभरमा दुई रन जोडेको गण्डकीविरुद्ध आठौं र नवौं ओभरमा कोशीका महतो र अन्सारीले मेडन राखे ।

नौ ओभरको पहिलो बलमा डट खेलेको गण्डकीले दोस्रो बलमा कप्तान विपिन कार्कीलाई गुमायो । गण्डकीका कप्तान आउट गर्दा कोशीका लागि महतोले व्यक्तिगत चौथो विकेट लिए ।

पावर प्लेको समाप्तिमा गण्डकीले सात विकेटको क्षतिमा मात्र १९ रन रन बनाएको छ ।

गण्डकीका मुस्कान थापा ४, अर्जुन कुमाल ९ रनमा आउट हुँदा भान्स क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवास भण्डारी शून्यमा आउट भए । कप्तान विपिन कार्कीले १४ बलको सामना गरेर मात्र १ रन जोडे । अहिले गण्डकी कोशीविरुद्ध संघर्ष गरिरहेको छ । क्रिजमा अम्रित गुरुङ र सुजन गौतम छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : ०८ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य