पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट « Khabarhub

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी र गण्डकी प्रदेशको खेल रोचक र सनसनीपूर्ण बनेको छ ।

आइतबार भएको खेलमा कोशी प्रदेशले गण्डकीविरुद्ध आक्रामक बलिङ गरेको छ । भैरहवास्थित सिद्धार्थनगर मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको गण्डकीले पाँच ओभरको समाप्तिमा ६ विकेट गुमाएको थियो । गण्डकीविरुद्ध कोशीका विपिन महतो र फिर्दोष अन्सारीले आक्रामक बलिङ गरेका हुन् । उनीहरुले दुईदुई ओभर बलिङ गर्दा तीनतीन विकेट हात पारेका थिए।

खेलको सुरुमा दबाबमा परेको गण्डकीले पहिलो ओभरमा एक विकेटको क्षतिमा चार रन बनाएको थियो । कोशीका लागि पहिलो ओभरको चौथो बलमा मुस्कान थापालाई आउट गर्दै फिर्दोष अन्सारीले विकेट लिए ।

दोस्रो ओभरमा दुई चौका प्रहार गर्दै गण्डकीले थप १० रन जोड्यो । तेस्रो ओभरमा भने गण्डकीविरुद्ध आक्रामक बलिङ गरेका कोशीका अन्सारीले मेडन राख्दै दुई विकेट लिए । तेस्रो ओभरका चौथो र अन्तिम बलमा उनले क्रमस अर्जुन कुमाल र दीपक डुम्रेलाई आउट गरेका हुन् ।

चौथो ओभर बलिङ गर्न आएका विपिन महतोले मेडन राख्दै थप दुई विकेट लिए । चौथो ओभरको समाप्तिमा गण्डकीले पाँच विकेट गुमाउँदा मात्र १४ रन जोड्न सक्यो । पाँचौ ओभर कोशीका लागि अन्सारीले मेडन राखे भने छैठौ ओभरको पहिलो बलमा एक रन दिएका विपिन महतोले दोस्रो बलमा रोहित चन्दको विकेट लिए । ६ ओभरको समाप्तिमा गण्डकीले ६ विकेट गुमाउँदै मात्र १५ रन बनायो । सातौ ओभरमा दुई रन जोडेको गण्डकीविरुद्ध आठौं र नवौं ओभरमा कोशीका महतो र अन्सारीले मेडन राखे ।

नौ ओभरको पहिलो बलमा डट खेलेको गण्डकीले दोस्रो बलमा कप्तान विपिन कार्कीलाई गुमायो । गण्डकीका कप्तान आउट गर्दा कोशीका लागि महतोले व्यक्तिगत चौथो विकेट लिए ।

पावर प्लेको समाप्तिमा गण्डकीले सात विकेटको क्षतिमा मात्र १९ रन रन बनाएको छ ।

गण्डकीका मुस्कान थापा ४, अर्जुन कुमाल ९ रनमा आउट हुँदा भान्स क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवास भण्डारी शून्यमा आउट भए । कप्तान विपिन कार्कीले १४ बलको सामना गरेर मात्र १ रन जोडे । अहिले गण्डकी कोशीविरुद्ध संघर्ष गरिरहेको छ । क्रिजमा अम्रित गुरुङ र सुजन गौतम छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : ०८ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते