निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो « Khabarhub

निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद डा.अमरेशकुमार सिंहले काठमाडौंस्थित निजामती अस्पतालको निर्देशकमा मेरिट लिस्टको १ नम्बरका प्रमोद यादवलाई विभेद गरिएको आरोप लगाएका छन् ।

लिस्टको १ नम्बरमा रहेका यादवलाई नियुक्ति नदिएर ३ नम्बरमा रहेकालाई नियुक्ति गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मधेसी समुदायको भएकै कारण यादवलाई सरकारले विभेद गरेको आरोप लगाए ।

‘भर्खरै निजामती अस्पतालको निर्देशकको नियुक्ति भएको छ । त्यहाँ पनि ३ नम्बरको मान्छेलाई नियुक्त गरियो । सिफारिस हुँदा मेरिट लिस्टको १ नम्बरमा प्रमोद यादव थिए’, उनले भने, ‘मधेशी भएका कारण त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ कि मधेशी, जनजाति, दलित, महिला भिख माग्न यो देशमा बसेका हुन् ?’

सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे ।

विशिष्टहरूले पदमा हुँदा पनि लुट्ने गरेको र विभिन्न काण्ड गराउने गरेको उनको आरोप छ । पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिइन नहुने उनले बताए ।

‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर वाइडवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरू पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : २२ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड