जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू « Khabarhub

जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा सांगीतिक प्रस्तुति दिएका छन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रम ‘गुलाम अली : थ्री जेनेरेसन अन स्टेज’ का लागि उनी नेपाल आएका हुन् ।

ब्यान्ड सदस्यसहित नेपाल आएका अलीले शनिबार साँझ ललितपुस्थित होटल प्लाजामा आफ्ना लोकप्रिय गीत गाएका थिए ।

उनले नेपाली गीतहरूमा ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला आँखा’लगायत गाएका थिए ।

उनले आफू दोस्रो पटक नेपाल आएर दर्शकसँग साक्षात्कार गर्न पाउँदा खुसी महसुस भएको सुनाए । उनले भने, ‘म पहिलो पटक नेपाल आउँदा युवा थिए । यो दोस्रो पटक हो । नेपाली दर्शकको मायाले यो सम्भव भएको हो ।’

उनले दुई घण्टा लामो सांगीतिक प्रस्तुति दिए । उनले आफ्ना लोकप्रिय गीत गाएर नेपाली समर्थकलाई मनोरञ्जन दिए । उक्त कार्यक्रममा उनका छोरा अमिर र नाति नाजिरले पनि सांगीतिक प्रस्तुती दिए ।

गायक अलीको धर्म मुस्लिम हो । अहिले मुस्लिमहरुको प्रमुख पर्व रमजान चलिरहेको छ ।

मदिरा निषेध

अली रमाजनाको नित्यकर्म गर्नुपरेकाले कार्यस्थलस्थलमा तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो आउने जानकारी दिइयो ।

उनको ढिलाइले उपस्थित दर्शकहरू खानपिनमा लागे । कार्यक्रम हुने हलमा खाना र मदिरा लैजान दिइएको थियो ।

करिब साँझ सवा ७ बजे अली कार्यक्रमस्थलमा प्रवेश गरे । त्यसअघि नै मदिराका बोतल र गिलास खाली गर्न कार्यक्रम सञ्चालकले दबाब दिए ।

कार्यक्रम सञ्चालकले भने, ‘रमजान चलेकाले अली साहेबले मैले गीत गाउँदा मदिरा पिएको दृश्य देख्नु नपरोस् भन्नुभएको छ । धर्मिक कारणले उहाँले यो आग्रह गर्नुभएको हो । तपाईंहरूले उहाँ आउनुभन्दा अघि नै मदिरा खाली भइसकोस् ।’

तर आयोजकबाट कार्यक्रमस्थलमै मदिरा बेचिएको थियो । मदिरासँगै गजल सुन्ने माहोलमा उपस्थित दर्शकहरू थिए । मदिरा पिउन नपाइने उद्घोषले केहीले मन खिन्न बनाए ।

केहीले भन्दै थिए, ‘खान नपाए किन बेच्नू ? यो त आयोजकको कमजोरी हो ।’ तर, धार्मिक कारण र अलीको सम्मानमा उनीहरूले मदिरा पिएनन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : १४ बजे

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,