राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी  « Khabarhub

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी 


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् । 

वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर–प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधेस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताएका हुन् ।  

जङ्गलमा फिरन्ते राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामना गरिरहेको बताए । ‘उनीहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्छ,’ उनले भने,‘केवल राउटेलाई हेर्न जाने मात्रै हैन ।’ 

साथै, राउटेलाई मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने उनको भनाई थियो । स्वास्थ्य र शिक्षामा गम्भीर हुन ध्यान केन्द्रित गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको मन्त्री भण्डारीले बताए। 

राउटे समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेको जनाउँदै सोही अनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य गर्ने जानकारी दिए।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ४९ बजे

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु