सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट  « Khabarhub

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ ।

जेनजी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उनले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानुनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ।

मुभमेन्टले सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेनजी विद्रोहका ७६ जनाले ज्यान गुमाएको र तीनहजार भन्दा बढी अङ्गभङ्ग भएको स्मरण गर्दै ऐतिहासिक बलिदानमाथि अपराधी संरक्षण गरेर खेलवाड गर्नु गम्भीर आपत्तिजनक भएको जनाएको छ ।

भाद्र २४ गते रवि लामिछाने समूहले जेल भत्काई कैदी भगाएको र देशभरि अस्तव्यस्तता सिर्जना गरेको घटना सर्वविदित रहेको उल्लेख गर्दै मुभमेन्टले राज्यविहीनता सिर्जना गरी सत्ता हासिल गर्ने उद्देश्यले योजनाबद्ध अस्थिरता फैलाइएको दाबी गरेको छ।

सहकारी ठगीका लाखौँ पीडित आज पनि न्यायको प्रतीक्षामा तड्पिरहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा रहेको मुभमेन्टले स्मरण गराएको छ ।

जेन्जी मुभमेन्टले सङ्गठित अपराधको अभियोग लागेका व्यक्तिलाई दिइने कुनै पनि उन्मुक्तिलाई जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमानको रूपमा व्याख्या गरेको छ। ‘कानुन सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन,’ वक्तव्यमा भनिएको छ ।

यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उनले नियुक्ति गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ ।

साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग कडा माग गरेको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ०४ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको