सरकारबारे संसद्‍मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ « Khabarhub

सरकारबारे संसद्‍मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ड्राफ्ट गरिरहेको कानुनको विरोध गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा उनले सरकारको यस्तो कार्यलाई ‘स्याल बहुलाएको’ संज्ञा पनि दिए । पूर्वविशिष्टलाई सेवा सुविधा दिने कुरामा सरकार गम्भीर हुन जरुरी रहेको उनले बताए ।

‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौँ बेरोजगार युवा विदेशमा गल्लीगल्लीमा भौँतारिँदा भौँतारिँदै यस्तो बेला सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा दिने व्यवस्था गर्न लागेको छ । यो के गरेको हो सरकारले ? स्याल बौलायो भने सहर पस्छ भन्ने नेपाली उखान छ । यस्तो बेला हो ? पूर्वविशिष्टहरूले दुःख पाउनु भएको छ ? उहाँहरुको सेवा सुविधा पुगेन ?’, उनले भने, ‘ ’यस्तो बेलामा पूर्व विशिष्टहरूलाई दिइने सेवा सुविधामा सरकार गम्भीर होस् । यतातिर नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थाप्रति भइरहेको बेलामा यो कसले चलाउँछ सरकार ?’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ०६ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक