संसद्‍‍मा पुग्यो ‘राजागंज’को सेन्सर विवाद : फिल्म बुझेका व्यक्ति सेन्सर बोर्डमा राख्‍न माग « Khabarhub

संसद्‍‍मा पुग्यो ‘राजागंज’को सेन्सर विवाद : फिल्म बुझेका व्यक्ति सेन्सर बोर्डमा राख्‍न माग


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत १ बाट प्रदर्शनमा आएको फिल्म ‘राजागंज’मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले जथाभावी कैँची चलाएको विषय संसद्‍मा पुगेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौ २०७२ मा मधेशवादी दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका थिए । उनले त्यसबेला संविधानसभाबाट बाहिरिनेहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

उनको त्यही भनाइसम्बन्धी दृश्य फिल्ममा समावेश गर्दा सेन्सरको कैँची चल्नुलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको संज्ञा दिएका छन् ।

यो पनि : ‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

मिडियाहरूले प्रशारण गरेको ओलीको त्यो भाषण फिल्ममा समावेश गरिएको थियो । सेन्सर बोर्डले उक्त दृश्य हटाएर मात्रै प्रदर्शनको अनुमति दिएको छ । यसमा असन्तुष्ट बनेका फिल्मकर्मी एकजुट भएर सेन्सर बोर्डको विरोध गरिरहेका छन् ।

सांसद शाहले पछिल्लो समय सेन्सर बोर्डले विभिन्न फिल्ममा कैँची चलाएको कुराको पनि उनले निन्दा गरेका छन् । प्रदर्शनको संघारमा सेन्सरको कैँची चल्ने विषय प्रवृत्तिकै रुपमा विकास भएको उनले उल्लेख गरे ।

सेन्सर बोर्डमा राजनीतिक नियुक्तिबाट अयोग्य व्यक्ति पुग्दा यो समस्या उत्पन्न भएको उनले बताए । बोर्डमा फिल्म र कला नबुझेका व्यक्ति पुग्नु नै अहिलेको परिस्थितिको मुख्य कारण रहेको उनले बताए ।

यो पनि : ‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा

सांसद शाहले भने, ‘सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ननसेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेकालाई नियुक्त गर्न सरकारसँग म माग गर्दछु ।’

यसरी फिल्ममा जथाभावी चलाइएको सेन्सरको कैँचीले सरकारको आयु घट्नेसमेत चेतावनी शाहले दिएका छन् ।

फिल्मकर्मीले घोषणा गरेको ‘सेन्सरविरुद्धको आन्दोलन’मा आफूले एक्येबद्धता जनाएको पनि उनले सदनबाटै घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : ०३ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका