संसद्‍‍मा पुग्यो ‘राजागंज’को सेन्सर विवाद : फिल्म बुझेका व्यक्ति सेन्सर बोर्डमा राख्‍न माग « Khabarhub

संसद्‍‍मा पुग्यो ‘राजागंज’को सेन्सर विवाद : फिल्म बुझेका व्यक्ति सेन्सर बोर्डमा राख्‍न माग


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत १ बाट प्रदर्शनमा आएको फिल्म ‘राजागंज’मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले जथाभावी कैँची चलाएको विषय संसद्‍मा पुगेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौ २०७२ मा मधेशवादी दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका थिए । उनले त्यसबेला संविधानसभाबाट बाहिरिनेहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

उनको त्यही भनाइसम्बन्धी दृश्य फिल्ममा समावेश गर्दा सेन्सरको कैँची चल्नुलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको संज्ञा दिएका छन् ।

यो पनि : ‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

मिडियाहरूले प्रशारण गरेको ओलीको त्यो भाषण फिल्ममा समावेश गरिएको थियो । सेन्सर बोर्डले उक्त दृश्य हटाएर मात्रै प्रदर्शनको अनुमति दिएको छ । यसमा असन्तुष्ट बनेका फिल्मकर्मी एकजुट भएर सेन्सर बोर्डको विरोध गरिरहेका छन् ।

सांसद शाहले पछिल्लो समय सेन्सर बोर्डले विभिन्न फिल्ममा कैँची चलाएको कुराको पनि उनले निन्दा गरेका छन् । प्रदर्शनको संघारमा सेन्सरको कैँची चल्ने विषय प्रवृत्तिकै रुपमा विकास भएको उनले उल्लेख गरे ।

सेन्सर बोर्डमा राजनीतिक नियुक्तिबाट अयोग्य व्यक्ति पुग्दा यो समस्या उत्पन्न भएको उनले बताए । बोर्डमा फिल्म र कला नबुझेका व्यक्ति पुग्नु नै अहिलेको परिस्थितिको मुख्य कारण रहेको उनले बताए ।

यो पनि : ‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा

सांसद शाहले भने, ‘सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ननसेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेकालाई नियुक्त गर्न सरकारसँग म माग गर्दछु ।’

यसरी फिल्ममा जथाभावी चलाइएको सेन्सरको कैँचीले सरकारको आयु घट्नेसमेत चेतावनी शाहले दिएका छन् ।

फिल्मकर्मीले घोषणा गरेको ‘सेन्सरविरुद्धको आन्दोलन’मा आफूले एक्येबद्धता जनाएको पनि उनले सदनबाटै घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : ०३ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक