सगरमाथा साहित्य प्रतिष्ठानले मनायो ११औँ वार्षिकोत्सव, तीन स्रष्टा सम्मानित « Khabarhub

सगरमाथा साहित्य प्रतिष्ठानले मनायो ११औँ वार्षिकोत्सव, तीन स्रष्टा सम्मानित


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा साहित्य प्रतिष्ठानले ११औँ स्थापना दिवस मनाएको छ । 

काठमाडौं आयोजित एक समारोहकाबीच वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको यस प्रतिष्ठानले स्थापना दिवस मनाएको हो । 

कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्ययतामा साहित्यकार हरिभक्त सिग्देल/हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रष्टाहरूलाई सम्मान गरिएको छ ।

सम्मान गरिने स्रष्टाहरूमा झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रष्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजीवन सदस्यतासहित सम्मान पत्र प्रदान गरिएको थियो ।

शनिबार आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित व्यक्तित्वले संस्थाको प्रगतिको कामना गरेका थिए भने हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच-पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा सुरु भएको दस लाख रुपैयाँको ‘सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो ।  

यस वर्ष दुई जना स्रष्टालाई प्रथम पटक प्रदान गरिएको ‘सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रष्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको जानकारी कार्यक्रमको सभापतित्व गरेका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले दिएका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा इन्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गरेका थिए । 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : १८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था