रघुजीले जुम्लामा हा हो गरेर जितेको भनेपछि ज्ञानेन्द्रको जवाफ- तपाईं जस्तो ‌ओलीको निगाह थापेको होइन | Khabarhub Khabarhub

रघुजीले जुम्लामा हा हो गरेर जितेको भनेपछि ज्ञानेन्द्रको जवाफ- तपाईं जस्तो ‌ओलीको निगाह थापेको होइन


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो सयम राजतन्त्रको पक्षमा प्रदर्शन बढ्दै गएपछि संघीय संसद्मा पनि घम्साघम्सी सुरू भएको छ ।

खासगरी संसद्‍भित्र राष्ट्रिय प्रजातन्त्र पार्टी र गणतन्त्रवादी दलका सांसदहरूबीच भनाभनको अवस्था आएको हो । आइतबारको संसद् बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले राजतन्त्रविरुद्ध कडा अभिव्यक्ति दिएपछि राप्रपा सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाए ।

आफूले बोल्ने समयमा शाहीले उठेर अवरोध गर्न खोजेपछि आक्रोशित भएका पन्तले तत्कालीन राजा महेन्द्रले नेपालको चुच्चे नक्सा गायब बनाएको भन्न पनि भ्याए ।

पन्तले राप्रपाका सांसद शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी पनि दिए । पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका थिए ।

सांसद पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा २०१७ सालको पञ्चायतपछि हराएको भन्दै त्यसको जवाफ मागे । उनले गणतन्त्र आएपछि चुच्चे नक्सा फिर्ता ल्याएको पनि बताए । चुच्चे नक्सा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले राप्रपातिर प्रश्न तेर्स्याए ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएकोबारे प्रश्नसहित भने- ‘तपाईंहरू जुलुस निकाल्नुहुन्छ, राजावादीको भनेर । त्यहाँ यसो हेर्‍यौँ, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’

पन्त त्यतिमै रोकिएनन्, आफ्नो विरोध गरेपछि उनले शाहीलाई जुम्लाबाट हाहा होहो गरेर आएको भन्दै कटाक्ष पनि गरे । ‘मसँग बहस गर्न इतिहास पढेर आउनू, इतिहास पढ्ने कुरा जुम्लामा हाहा होहो गरेर चुनाव जितेर आए जस्तो हुँदैन’, उनले भने ।

सम्बोधनका क्रममा पन्तले इतिहास कोट्याउँदै नेपालको राजतन्त्रको नकारात्मक चित्रण गरे । पृथ्वीनारायण शाह हुँदै राजा त्रिभुवनको प्रसङ्ग उठाउँदा शाहीले उठेर प्रतिवाद गरेका थिए । पन्तले राजा त्रिभुवन भारतमा रहेका बेला विभिन्न ठाउँमा ‘रसरंग मच्चाएको’ र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नै आलोचना गरेको पनि बताए ।

तर उठेर विरोधमा उत्रिएका शाहीले बिनाप्रमाण आधारहीन कुरा संसद्मा नबोल्न चेतावनी दिए । उनले राजाहरूबारे जथाभावी बोल्न नपाइने जिकिर गरे । पन्तले भने, ‘के बोल्न पाइन्छ मलाई थाहा छ । इतिहास पढेर आउनुस् महोदय, जुम्लामा हा हो गरेजस्तो होइन ।’

त्यसपछि सभामुख देवराज घिमिरेले हस्तक्षेप गरेर शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न निर्देशन दिए । शाही नबसेपछि सभामुखले सम्झाए । पन्तले आफूलाई बोल्न बाधा गरिएको भन्दै समयको हिसाब गर्न माग गरे। त्यसपछि सभामुखले पन्तलाई थप समय दिए ।

पन्तले विश्वभर राजतन्त्र षडयन्त्रको उपज भएको टिप्पणी गरेका थिए । उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्‍मा यसबारे बहस नगर्न सभामुखलाई भने । ‘त्रास खडा गरेर वातावरण बिगारिन्छ भने प्रतिपक्ष त सडकमा गइसक्यो, सत्तापक्ष सडकमा आउने दिन आउन सक्छ,’ पन्तले भने ।

त्यसपछि गणतन्त्रवादीमाथि जाइलागेका शाहीले जुम्लाबाट हाहा होहो गरेर चुनाव जितेको नभई जनताको मतबाट यहाँसम्म आएको भन्दै पन्तलाई जवाफ फर्काए । संसद्‍मै जवाफ फर्काएका उनले फेसबुकमा पनि लेख्न भ्याए ।

‘जुम्लाबाट हाहा होहो गरेर आएको होइन, जनताबाट चुनाव जितेर आएको हो माननीयज्यू, तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो, कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन’, उनले जवाफमा भनेका छन् ।

यसअघि संसद् बैठकमा पन्तले राजाको शासनको खोटबारे प्रकाश पार्दै गर्दा शाहीले आपत्ति जनाउन उठेपछि एकबेर बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : ३३ बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी