प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन « Khabarhub

प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोध गर्न पाइने बताएका छन् ।

आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले चितवनबाट आइतबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य-सचिव निराजन बमलाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएपछि आइतबार चितवनबाट पक्राउ गरिएको हो ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, प्रहरीले बमलाई हिरासतमा लिइसकेपछि प्रचण्डले आइतबार साँझ सामाजिक सञ्जालमा भनेका छन् ।

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । उनले कार्यक्रमको मञ्चमै ‘गणतन्त्र मुर्दावाद‘ नारा लगाउँदै प्रचण्डको तस्बिरमा लाइटरबाट आगो लगाएका थिए । त्यस कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंहसमेत सहभागी थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ५४ बजे

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने