‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख « Khabarhub

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ सुरुवाती दिनमा दर्शकबाट राम्रो साथ पाएको छ ।

गत बिहीबारबाट प्रदर्शनमा आएको यस फिल्मले सुरुवाती तीन दिनमा दुई करोड ७ लाख ‘ग्रस कलेक्सन’को निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आफूलाई वितरकबाट प्राप्त रिपोर्टका आधारमा तीन दिनको ‘ग्रस कलेक्सन’ सार्वजनिक गरिएको दाबी गरे ।

वितरक कम्पनी रिच इन्टरटेन्मेटका प्रमुख करण श्रेष्ठका अनुुुसार यस फिल्मको अकुपेन्सी सुरुवात दिनदेखि नै उच्च छ । बिहीबार होलीको दिनमा दिउँसोका अधिकांश शोहरु हाउसफुल थिए ।

यस फिल्मले शनिबार देशभरका धेरै जसो शो हाउसफुल भएको वितरक श्रेष्ठले बताए ।

यस फिल्ममा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा उनीसहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशक मिलन चाम्स हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्