‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख « Khabarhub

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ सुरुवाती दिनमा दर्शकबाट राम्रो साथ पाएको छ ।

गत बिहीबारबाट प्रदर्शनमा आएको यस फिल्मले सुरुवाती तीन दिनमा दुई करोड ७ लाख ‘ग्रस कलेक्सन’को निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आफूलाई वितरकबाट प्राप्त रिपोर्टका आधारमा तीन दिनको ‘ग्रस कलेक्सन’ सार्वजनिक गरिएको दाबी गरे ।

वितरक कम्पनी रिच इन्टरटेन्मेटका प्रमुख करण श्रेष्ठका अनुुुसार यस फिल्मको अकुपेन्सी सुरुवात दिनदेखि नै उच्च छ । बिहीबार होलीको दिनमा दिउँसोका अधिकांश शोहरु हाउसफुल थिए ।

यस फिल्मले शनिबार देशभरका धेरै जसो शो हाउसफुल भएको वितरक श्रेष्ठले बताए ।

यस फिल्ममा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा उनीसहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशक मिलन चाम्स हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : २४ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले