‘डोरी’को ट्रेलरमा डोरीको खोजी « Khabarhub

‘डोरी’को ट्रेलरमा डोरीको खोजी


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बानेश्वरस्थित एक फिल्म हलमा आइतबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका केन्द्रीय कलाकार नायक प्रवीण खतिवडा, नायिका अञ्जना बराइली, शिशिर बाङ्देल, साजन श्रेष्ठलगायतलाई स्थान दिइएको छ ।

ट्रेलर फिल्मको शीर्षक ‘डोरी’ वरपर घुमेको छ । शक्ति रहेको डोरीमा फिल्मका सबै पात्रहरुले खोजी गरिरहेको देख्न सकिन्छ ।

निर्देशक अरुण लामाका अनुसार फिल्मलाई रोचक बनाउन थ्रिल तथा हरर दृश्यहरू समावेश गरिएको छ । उनले भने, ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ । थ्रिल र हररलाई दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो तरिकाले राखिएको छ ।’

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । उनी आफैँ पनि फिल्ममा प्रमुख भूमिकामा छन् ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : १५ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले