‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं | Khabarhub Khabarhub

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै विवाद उत्पन्न भएको छ । यो विषय संसद्मा पनि प्रवेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले आइतबारको संसद् बैठकमा फिल्ममा अनावश्यक सेन्सरको कैँची चलाइएको विषय उठाएका थिए ।

चैत १ गतेदेखि प्रदर्शनरत यस फिल्म राजनीतिक दलका लागि पनि चासोको विषय बनेको छ । फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दललाई लक्षित गरी ‘झरेको आँप’ भनी सार्वजनिक मञ्चमा गरको टिप्पणी समावेश थियो ।

यो भाषण र विभिन्न शब्दमा सेन्सर बोर्डले कैँची चलाएपछि फिल्मकर्मीहरु एकजुट भएर यसको विरुद्धमा आवाज उठाइरहेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आइतबार ठमेलमा पुगेर यो फिल्म हेरेका छन् । मधेशको मुद्दा निर्देशक दीपक रौनियारले उपयुक्त ढङ्गले पर्दामा उतारेको उनले प्रतिक्रिया दिए ।

उनले भने– फिल्म मधेशका व्यक्तिहरुले ‘रिलेट’ गर्ने खालको बनेका छौं । हामीले फिल्ममा जस्तै वा त्योभन्दा बढी विभेद भोगिरहेकै हो ।

अध्यक्ष राउतले फिल्ममा एमाले अध्यक्ष ओलीको भाषणमा सेन्सरको कैँची चलाएकामा आपत्ति जनाए । साथै उनले यो अनावश्यक कार्य भएको समेत जिकीर गरे ।

उनले भने, ‘अध्यक्ष ओलीको टिप्पणीबारे हामीले त्यो बेला नै विरोध गरेका थियौं । सार्वजनिक स्थानमा रहेको भाषण फिल्ममा समावेश हुँदा सेन्सर चलाइनु वर्तमान व्यवस्थाको उपवास गर्नु हो ।’

यस फिल्ममा अनावश्यक कैँची चलाएकाविरुद्धमा आफूले पनि आवाज उठाउने राउतले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सेन्सरको विषयको विवाद त मैले थाहा पाएको थिएँ तर यो फिल्मको भन्ने थाहा थिएन । फिल्ममा जथाभावी काटिएको छ । यो बारेमा हामी बोल्ने छौं ।’

राउत भएकै हलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि फिल्म हेरेकी थिइन् । उनले पनि फिल्ममा प्रधानमन्त्रीको भाषणमा सेन्सर गर्न आवश्यक नभएको बताइन् ।

यो सेन्सरको विषयमा आफूले पनि संसद्मा कुरा उठाउने उनले बताइन् । भनिन्, ‘आज हाम्रो सांसदले कुरा उठाउने भयो । यसबारेमा मलगायत हाम्रा सांसदहरुले पनि कुरा उठाउनुहुन्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ३० बजे

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रेपलाञ्चोक– बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा

सक्रिय बन्दै न्यायिक समिति, प्यूठान नगरपालिकामा ८७ प्रतिशत विवादमा मिलापत्र

प्यूठान– प्यूठान नगरपालिकाको न्यायिक समितिमा विवादका सङ्ख्या बढेसँगै मेलमिलापका माध्यमबाट

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जाजरकोट– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको

भाइरल भोक : पहिले उचाले, अहिले पछारे

के सोचेँ मैले, के भयो अहिलेकसम हाम्रो अल्झाई राखनलैजाउ टाढामा।पुरानो