‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं « Khabarhub

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै विवाद उत्पन्न भएको छ । यो विषय संसद्मा पनि प्रवेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले आइतबारको संसद् बैठकमा फिल्ममा अनावश्यक सेन्सरको कैँची चलाइएको विषय उठाएका थिए ।

चैत १ गतेदेखि प्रदर्शनरत यस फिल्म राजनीतिक दलका लागि पनि चासोको विषय बनेको छ । फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दललाई लक्षित गरी ‘झरेको आँप’ भनी सार्वजनिक मञ्चमा गरको टिप्पणी समावेश थियो ।

यो भाषण र विभिन्न शब्दमा सेन्सर बोर्डले कैँची चलाएपछि फिल्मकर्मीहरु एकजुट भएर यसको विरुद्धमा आवाज उठाइरहेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आइतबार ठमेलमा पुगेर यो फिल्म हेरेका छन् । मधेशको मुद्दा निर्देशक दीपक रौनियारले उपयुक्त ढङ्गले पर्दामा उतारेको उनले प्रतिक्रिया दिए ।

उनले भने– फिल्म मधेशका व्यक्तिहरुले ‘रिलेट’ गर्ने खालको बनेका छौं । हामीले फिल्ममा जस्तै वा त्योभन्दा बढी विभेद भोगिरहेकै हो ।

अध्यक्ष राउतले फिल्ममा एमाले अध्यक्ष ओलीको भाषणमा सेन्सरको कैँची चलाएकामा आपत्ति जनाए । साथै उनले यो अनावश्यक कार्य भएको समेत जिकीर गरे ।

उनले भने, ‘अध्यक्ष ओलीको टिप्पणीबारे हामीले त्यो बेला नै विरोध गरेका थियौं । सार्वजनिक स्थानमा रहेको भाषण फिल्ममा समावेश हुँदा सेन्सर चलाइनु वर्तमान व्यवस्थाको उपवास गर्नु हो ।’

यस फिल्ममा अनावश्यक कैँची चलाएकाविरुद्धमा आफूले पनि आवाज उठाउने राउतले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सेन्सरको विषयको विवाद त मैले थाहा पाएको थिएँ तर यो फिल्मको भन्ने थाहा थिएन । फिल्ममा जथाभावी काटिएको छ । यो बारेमा हामी बोल्ने छौं ।’

राउत भएकै हलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि फिल्म हेरेकी थिइन् । उनले पनि फिल्ममा प्रधानमन्त्रीको भाषणमा सेन्सर गर्न आवश्यक नभएको बताइन् ।

यो सेन्सरको विषयमा आफूले पनि संसद्मा कुरा उठाउने उनले बताइन् । भनिन्, ‘आज हाम्रो सांसदले कुरा उठाउने भयो । यसबारेमा मलगायत हाम्रा सांसदहरुले पनि कुरा उठाउनुहुन्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ३० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका