कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला « Khabarhub

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन् । कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी नदीमा मृत भेटिएका हुन् ।

अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बसेर सोही सडकखण्डमा डोजर अप्रेटरको काम गर्दै आएका थिए ।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीसँगै क्याम्पमा सुतेकामा २७ गते बिहान विस्तारामा नभएको र खोजतलास गर्दा पाँच दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राति क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला पारिएको हो ।

यस्तै, कालीगण्डकी नदीमै मृत फेला पर्नुभएका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

रास्कोटी खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल