वर्षायाममा लाग्ने रोगबाट कसरी जोगिने ? « Khabarhub

वर्षायाममा लाग्ने रोगबाट कसरी जोगिने ?


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभन्न ठाउँमा वर्षा भइरहेको छ । वर्षायाममा पानी जम्ने र दूषित पानीको प्रयोगले विभिन्न पानीजन्य रोगहरूको जोखिम बढाउँछ । यी रोगहरूबाट जोगिन सरसफाइ र सतर्कता आवश्यक पर्छ।

आज हामी वर्षायाममा कस्ता रोगहरु लाग्छन् र यी रोगबाट बच्न के गर्ने भन्नेबारे जानकारी दिँदैछाैँ-

हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’

दूषित पानी पिउँदा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ रोगहरू सर्ने सम्भावना हुन्छ । लक्षणहरूमा पखाला, वान्ता, ज्वरो, पेट पोल्ने, टाउको दुख्ने र आँखा पहेँलो हुने समावेश छन् । समयमै उपचार नगरेमा गम्भीर परिणाम आउन सक्छ ।

छाला सम्बन्धी रोगहरू (लुतो, दाद, खटिरा)

फोहर पानीले नुहाउँदा वा दूषित कपडा प्रयोग गर्दा लुतो, दाद, खटिरा जस्ता सरुवा रोगहरू सर्न सक्छन् । रोगीको कपडा प्रयोग गर्दा वा सँगै बस्दा पनि सर्ने सम्भावना हुन्छ।

आँखा पाक्ने रोग ट्रकोमा
फोहर पानी वा सरसफाइको कमीले आँखामा संक्रमण हुन सक्छ, जसले अन्धोपन समेत ल्याउन सक्छ। विशेषगरी बालबालिकामा यो समस्या देखिन्छ ।

किटजन्य रोगहरू (डेंगु, औलो, कालाजार, हात्तीपाइले)
लामखुट्टे र भुसुनाले यी रोगहरू सार्छन्। फोहर पानी, झाडी र झारपात भएको ठाउँमा यी कीटाणुहरू हुर्कन्छन् ।

जोगिने उपायहरू

-पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने
-सधैं चर्पी प्रयोग गर्ने र सफा राख्ने
-व्यक्तिगत सरसफाइमा ध्यान दिनेस हात, मुख, आँखा नियमित सफा गर्ने
-फोहर पानी वा जमेको पानीमा ननुहाउने, नखेल्ने
-घर वरिपरि पानी जम्न नदिनेस खाडलहरू पुरिदिने
-लामखुट्टेबाट बच्न झ्याल–ढोका बन्द राख्ने, मच्छरदानी प्रयोग गर्ने
-संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनेस उनीहरूले प्रयोग गरेका कपडा सफा गरेर मात्र प्रयोग गर्ने
-चिकित्सकको सल्लाह अनुसार आवश्यक खोपहरू लगाउने
-सावधानी अपनाउँदा वर्षायाममा लाग्ने पानीजन्य रोगहरूबाट बच्न सकिन्छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : २८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर