आज २०८२ साल वैशाख ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख ३ गते बुधबारको राशिफल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ३ गते बुधबार। वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अप्रिल १६ तारिख। स्वामी शशिधर जन्मजयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन सामान्य छ। दैनिक काममा अवरोध हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। यात्रामा समस्या हुनेछ। संकटमा आफन्तको साथ मिल्नेछ।

वृष : आजको दिन तपाईंका लागि राम्रो छ। व्यापारमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा नियुक्तिको सम्भावना रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुने दिन छ। तपाईंको काममा विपक्षी साथीकोसमेत साथ मिल्नेछ। आफन्तसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट : आज तपाईंका लागि दिन राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा गरेको काम सफल बन्ने योग छ। राजनीतिक क्षेत्रमा भन्दा तपाईंलाई व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ।

सिंह : आज तपाईंका लागि दिन सामान्य राम्रो छ। एकल भन्दा समूहिक निर्णय गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकोकाले सम्पत्ति आर्जन हुनेछ। सञ्चित धन खर्च गर्ने समय छ। लगानी गर्ने भए सामूहिकतामा अगाडि बढेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

तुला : दिन निकै नै राम्रो छ। विरोधी कमजोर भएकाले हरेक काममा सफलता मिल्नेछ। सामान्य अवरोध देखिए पनि कामलाई निरन्तरता दिनुपर्नेछ। संकटको समयमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आज तपाईंका लागि दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। छोटो दूरीको यात्राले मन शान्त बन्नेछ।

धनु : आजको दिन तपाईंका लागि सामान्य छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाका क्षेत्रमा प्रगति देख्न लामो समय संघर्ष गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। आज तपाईंले गरेको व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः तपाईंका लागि आजको दिन सामान्य छ। जे जस्तो भए पनि दैनिक काममा रमाउनुपर्ने बाध्यता छ। संकटमा साथीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ०४ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच