कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट | Khabarhub Khabarhub

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कीर्तिमानी जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा ११२ रनको लक्ष्य पाएको कलकता नाइट राइडर्सलाई १६ रनले हराउँदै पन्जाबले नाटकीय जित हात पारेको हो। कलकताले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा जोड्यो।

झिनो लक्ष्य पछ्याएको कलकताले ७.३ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन जोडेको थियो। युजभेन्द्र चावलले १७ रन जोडेको अजान्का राहनेलाई आउट गरेपछि खेल पञ्जाबको पक्षमा मोडिएको हो।

त्यसपछि चावल र ग्लेन म्याक्सवेल दुवैले कलकताको ब्याटिङ लाइनलाई धरासायी पारे। ७२ बन्दा रन अंगरिस रघुवंशी आउट भएपछि कलकता सम्हालिन सकेन।

कलकताले त्यसपछि सात रनको अन्तरमा पाँच विकेट गुमाएको हो। ग्लेन म्याकसवेलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। आर्शदीप सिंहले नवौँ विकेटको रूपमा हर्षित वैभव आरोहालाई आउट गरेपछि मार्को जेन्सनले ११ बलमा १७ रन जोडेका मार्को जेन्सनलाई आउट गरे। जेन्सनले कुल तीन विकेट लिए। प्लेयर अफ द म्याच घोषित चावलले ४ ओभरमा २८ रन खर्चेर चार विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन जोडेको थियो। पन्जाबका लागि प्रभ्सिरमन सिंहले १५ बलमा ३० रन जोडे। प्रियांस आर्यले १२ बलमा २२ रनको योगदान गरे। कलकताका हर्षित रानाले तीन विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले समान दुईदुई विकेट लिए।

अघिल्लो सिजन कलकतासँगको खेलमा नै पन्जाबले नै सबै भन्दा धेरै रनको लक्ष्य पुरा गरेर कीर्तिमान राखेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५४ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा