काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल विश्वको युवा नेतामा छनोट « Khabarhub

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

खुशी लागेको सुनिताको प्रतिक्रिया


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा छनोट हुन् हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन्।

विश्वभरीबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका हुन्। यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी हुन्। राजनीति क्षेत्रबाट १९ जना छनोट हुँदा डंगोल पनि छनोटमा परेकी हुन्।

डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्। डंगोलले योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुशी लागेको बताएकी छन्। ‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन्, ‘संसार भरको यो मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुशी लागेको छ।’

उनले परिवर्तनका संवाहक युवा हुन भन्दै आफू स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर नै सकारात्मक सन्देश दिने यो मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महसुस गरेको बताइन। ‘यो छनोटले मलाई थप जिम्मेवारीवोध भएको महशुस गरेको छु,’ उनले भनेकी छन्, ‘आफू जुन भूमिकामा छु त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ।’

‘मिस नेवा २०११’ की विजेता डंगोल लिपी क्वीनको समेत परिचय बनाएकी व्यक्ति हुन्। उनीसहितको टीमले स्थानीय लिपीको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो। उनलाई स्थानीय लिपीहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यस्मा छनोट गरेको हो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : २४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।