सांसद सोविता गौतमको प्रश्न–  कानून निर्माण नगरी पानीजहाज कार्यालय स्थापना गर्नु भ्रष्टाचार होइन ? | Khabarhub Khabarhub

सांसद सोविता गौतमको प्रश्न–  कानून निर्माण नगरी पानीजहाज कार्यालय स्थापना गर्नु भ्रष्टाचार होइन ?


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पानीजहाज कार्यालयका बारेमा राखेको प्रश्नमा जवाफ दिएको छ ।

सांसद गौतमले पानीजहाज कार्यालय उद्‌घाटन भएर ६ आर्थिक वर्षमा करिब ७० करोड बजेट विनियोजन भयो, यो अवधिमा यस कार्यालयले के काम गर्‍याे  ? कानून निर्माण नगरी कार्यालय स्थापना किन गरिएको हो ? यो भ्रष्टाचार हो कि होइन भन्ने प्रश्न गरेकी थिइन् ।

गौतमको उक्त प्रश्नको उत्तरमा यातायात मन्त्री देवेन्द्र दाहालले पानी जहाज कार्यालय स्थापनापछि नारायणी नदीमा टर्मिनल निर्माणको डीपीआर र आईईई तयार हुनुका साथै कोशी नदीमा टर्मिनल निर्माणको डीपीआर तयार भएको जनाएका छन् ।

यस्तै, मन्त्री दाहालले कोशी नदीमा जलयान सञ्चालनमा भएको अवरोधहरू खुलाउने कार्य प्रत्येक वर्ष गर्ने गरिएको, नेपाल पानीजहाज विधेयक २०८१ को विभिन्न चरणमा विभिन्न स्टेकहोल्डरहरुसँग छलफल गरी मस्यौदा तयार भई राष्ट्रियसभामा दर्ता भएको जनाएका छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका महासन्धिहरू नेपालीमा अनुवाद गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको, विश्वभरको समुद्रमा काम गर्ने नेपालीहरूलाई नाविक किताब जारी गर्ने सम्बन्धी प्रारम्भिक कार्य सुरु भएको तथा कार्यालयबाट विभिन्न नदीहरूमा जलमार्गको सम्भाव्यता अध्ययन गरिएको मन्त्री दाहालले जवाफ दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : १६ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता