सरकारको आश्वासनप्रति शिक्षक आक्रोशितः झुटो हल्लाको पछाडि लागेर आन्दोलन नरोक्न अनुरोध « Khabarhub

सरकारको आश्वासनप्रति शिक्षक आक्रोशितः झुटो हल्लाको पछाडि लागेर आन्दोलन नरोक्न अनुरोध


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले शिक्षकलाई आन्दोलन स्थगित गर्न अनुरोध गर्दै संसदको अधिवेशन आह्वान गरे पनि शिक्षकले आन्दोलन नरोक्ने भएका छन्। सरकारले वार्ता र संवादबाट समस्याको समाधान हुने आश्वासन दिँदै यस्तो निर्णय गरेपछि शिक्षक आक्रोशित बनेका हुन्।

विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ-आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरे लगत्तै शिक्षकले यस्ता आश्वासनलाई लिएर आन्दोलन नरोक्ने बताएका हुन्।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर आन्दोलनलाई निरन्तरता दिने प्रष्ट पारेका छन्। उनले आफूहरु निर्णायक मोडमा पुगेको भन्दै अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलनमा सहभागी हुनुको विकल्प नरहेको बताएका हुन्। उनले भनेका छन्। ‘आज वैशाख ३ गते सदा झैं ठिक १२:०० बजे माइतीघर मण्डला आइपुग्नु होला। हाम्रो आन्दोलन जारी छ।’

अध्यक्ष सुवेदीले काठमाडौं बाहिर रहेका शिक्षकलाई काठमाडौं आउनसमेत भनेका छन्। ‘‘देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौं आइपुग्नुहोला।’

यता,शिक्षक महासंघ सह-अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमैया पराजुलीले सबै शिक्षकलाई झुटो हल्लाका पछाडि नलाग्न अनुरोध गरेकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘आदारणीय शिक्षक कर्मचारी साथीहरू , झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीचमा गत २०८० आश्विन ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद बाट सम्बोधन गर्नुपर्ने माग मुद्दालाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाइ प्रतिगामी शिक्षा ऐन जारी गर्दै नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रुपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको हुनाले सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरू अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र सम्पूर्ण साथीहरू कुनै बहानावाजी नगरी काठमाडौं केन्द्रित हुन र निर्णायक आन्दोलन हो भन्दै मनन गर्न हार्दिक अनुरोध गर्दछु।’

उनले मेरो आन्दोलन, मेरो सहभागिता
बलियो सहभागिता, बलियो आन्दोलन
बलियो आन्दोलन, बलियो उपलब्धि
कि जितिन्छ, कि बितिन्छ भन्दै सबैलाई आन्दोलनमा सक्रिय हुन थप आग्रह गरेकी छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४६ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व