उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै « Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलबार भएको एक घण्टा लामो छलफलपछि बुधबार साँझ संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

केही दिनयता सरकारमा सहभागी कांग्रेस नेताहरूबाटै सरकारबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि ओली र देउवाबीच छलफल पछि संयन्त्रको बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको चर्चा गरिरहँदा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सरकारका काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमै टिप्पणी गर्दै आएका छन् ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् ।

यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

संयन्त्रको बैठकलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले पनि आवश्यकताअनुसार सहजीकरण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी