उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै « Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलबार भएको एक घण्टा लामो छलफलपछि बुधबार साँझ संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

केही दिनयता सरकारमा सहभागी कांग्रेस नेताहरूबाटै सरकारबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि ओली र देउवाबीच छलफल पछि संयन्त्रको बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको चर्चा गरिरहँदा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सरकारका काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमै टिप्पणी गर्दै आएका छन् ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् ।

यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

संयन्त्रको बैठकलाई प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले पनि आवश्यकताअनुसार सहजीकरण गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४७ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने