युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई « Khabarhub

युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि डोटीले जितेको छ ।

मङ्गलबार भएको फाइनल खेलमा टिम मालिकार्जुन दार्चुलालाई फाइनल खेलमा हराउँदै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधि जितेको हो ।

लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल आयोजना गरेको हो ।

सहभागि ६ टिमलाई पछि पार्दै उपाधि जितेको डोटीले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै तेस्रो भएको राना थारू आदर्श युवा क्लब धनगढीले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारू आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको हो ।

खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए भने त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भिसर पनि डोटीका विनीत राना भएका थिए ।

वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरीले हात पार्दा, वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी भएका छन् । वेस्ट प्लेयरको उपाधि डोटीका सुरेश मल्लले प्राप्त गरेका थिए ।

उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले जानकारी दिए ।

नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते खेलको उद्‌घाटन गरेका थिए । खेलको समापन भने राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडीले गरेका हुन् । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा