गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो « Khabarhub

गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पाल्पा– गत चैत २८ गतेदेखि गोरखाबाट तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै पाल्पा आइपुगेको हो ।

उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ । उक्त टोलीलाई भव्य स्वागत गरिएको छ ।

स्वागतमा स्याङ्जा चापकोटा नगरपालिका– ६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गरिन् ।

टोलीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा स्वागत गरेको थियो । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो ।

नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा सेना ११ दिने पदयात्रामा निस्किएको हो । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले मङ्गलबारदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छ । उक्त टोलीले बुधबार केलादीघाट हुँदै देवीस्थान बगैँचा, श्रीनगर होटल दर्छा सिताकुण्ड, तुने भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी, विरकोट ३५ किलोमिटर यात्रा गर्दै छ ।

वैशाख ३ गते विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी हुँदै माथागढी ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ का गणपति प्रमुख सेनानी भूपेन्द्र गुरूङ्गले जानकारी दिए । उनका अनुसार वैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ ।

यस्तै वैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ्ग, तानसेन, काजीपौवा हुँदै पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि बास बस्ने छ । सोही दिन तानसेनमा जिल्लाका प्रमुख स्थानको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । 

वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान ३२ किलोमिटर यात्रा गर्ने छ ।

वैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रर्वद्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिए ।

पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको संयोजक कार्कीले बताए ।

पदयात्रामा नेपाली सेनाका ५३ अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहेको छ । पदयात्रा गोरखाबाट सुरू भई रूपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुङ्गिने छ ।

नेपाल आक्रमणमा आएको अङ्ग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै वैशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ साल वैशाख ७ मा अङ्ग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ ।

जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै तीन महिना अङ्ग्रेजसँग लडेको र दुई पटक अङ्ग्रेज सेनाले आक्रमण गर्दा उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रुपमा लिने गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ५१ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा