ढल्केवर ग्रिडमा आगलागी हुँदा, महोत्तरीको बिद्युत् सेवा अवरुद्ध « Khabarhub

ढल्केवर ग्रिडमा आगलागी हुँदा, महोत्तरीको बिद्युत् सेवा अवरुद्ध


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । 

शुरुमा सर्लाही जिल्लाको पनि विद्युत् अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिएका छन् । 

ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उनले जानकारी दिए ।

आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर,लगायत विभिन्न उपकरणमा विद्युत् सर्ट भई आगलागी भएको छ ।

आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउनासाथ मरम्मत कार्य सुरु गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ४६ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा