बाबुराम भट्टराई भन्छन्- एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढौँ « Khabarhub

बाबुराम भट्टराई भन्छन्- एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढौँ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढ्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन् । राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।

भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरू सलबलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वानसमेत गरे ।  

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कांग्रेस र कम्युनिस्ट रुखका दुई वटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : १४ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा