सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल « Khabarhub

सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस)का प्रमुखबीच छलफल भएको छ । 

नेप्से प्रमुख कार्यकारी अधिकृतको रुपमा चुडामणि चापागाईं आएसँगै सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँगको भेटमा तीन निकायको नियमित रुपमा बैठक बस्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सेबानका अध्यक्ष श्रेष्ठ पनि सकारात्मक देखिएको थिए । 

सीईओ चापागाईंको प्रस्ताव अनुसार नै बुधबार पहिलो छलफल भएको हो । छलफलमा सेबोनका अध्यक्ष श्रेष्ठ, नेप्सेका सीईओ चापागाईँ र सीडीएसका प्रबन्ध सञ्चालक प्रवीन पन्दाकबीच छलफल भएको हो ।

‘कुनै एजेन्डा नभए पनि मैले सेबोन अध्यक्षज्यूसँग हरेक १५ दिनमा बैठक बस्न आग्रह गरेको थिएँ’, चापागाईंले खबरहबसँग भनेका थिए , ‘अध्यक्षज्यू पनि यो कुरामा सकारात्मक हुनुहुन्छ ।’

तीन निकायमा समन्वय नभएकाले गर्दा पनि पुँजी बजारको हित हुन नसकेको सीईओ चापागाईंले बताएका थिए ।

‘यो यसले गर्ने काम हो, त्यो उसले गर्ने काम हो भनेर पनि धेरै हानथाप हुने गरेको छ’, चापागाईंले भने, ‘कुनै एजेन्डा नभए पनि छलफल गर्दा पुँजीबजारबारे नै कुरा हुन्छ, समन्वय पनि बढ्छ ।’

सोही अनुरूप तीन निकायको पहिलो बैठक बसेको हो । नेपालको पुँजी बजार र यस सँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउँदै लग्ने तथा भविष्यमा समेत यस्ता विषयमा नियमित रूपमा समन्वयात्मक बैठक जारी राख्ने विषयमा छलफल हुने सेबोनले जनाएको छ । शेयर बजारका महत्वपूर्ण तीन निकायबीच बोर्डको कार्यालय खुमलटार, ललितपुरमा छलफल भएको थियो । 

उक्त छलफलमा सेबोनका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ, सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसी पनि सहभागि रहेका थिए ।

नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : १२ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा