सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल « Khabarhub

सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस)का प्रमुखबीच छलफल भएको छ । 

नेप्से प्रमुख कार्यकारी अधिकृतको रुपमा चुडामणि चापागाईं आएसँगै सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँगको भेटमा तीन निकायको नियमित रुपमा बैठक बस्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सेबानका अध्यक्ष श्रेष्ठ पनि सकारात्मक देखिएको थिए । 

सीईओ चापागाईंको प्रस्ताव अनुसार नै बुधबार पहिलो छलफल भएको हो । छलफलमा सेबोनका अध्यक्ष श्रेष्ठ, नेप्सेका सीईओ चापागाईँ र सीडीएसका प्रबन्ध सञ्चालक प्रवीन पन्दाकबीच छलफल भएको हो ।

‘कुनै एजेन्डा नभए पनि मैले सेबोन अध्यक्षज्यूसँग हरेक १५ दिनमा बैठक बस्न आग्रह गरेको थिएँ’, चापागाईंले खबरहबसँग भनेका थिए , ‘अध्यक्षज्यू पनि यो कुरामा सकारात्मक हुनुहुन्छ ।’

तीन निकायमा समन्वय नभएकाले गर्दा पनि पुँजी बजारको हित हुन नसकेको सीईओ चापागाईंले बताएका थिए ।

‘यो यसले गर्ने काम हो, त्यो उसले गर्ने काम हो भनेर पनि धेरै हानथाप हुने गरेको छ’, चापागाईंले भने, ‘कुनै एजेन्डा नभए पनि छलफल गर्दा पुँजीबजारबारे नै कुरा हुन्छ, समन्वय पनि बढ्छ ।’

सोही अनुरूप तीन निकायको पहिलो बैठक बसेको हो । नेपालको पुँजी बजार र यस सँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउँदै लग्ने तथा भविष्यमा समेत यस्ता विषयमा नियमित रूपमा समन्वयात्मक बैठक जारी राख्ने विषयमा छलफल हुने सेबोनले जनाएको छ । शेयर बजारका महत्वपूर्ण तीन निकायबीच बोर्डको कार्यालय खुमलटार, ललितपुरमा छलफल भएको थियो । 

उक्त छलफलमा सेबोनका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ, सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसी पनि सहभागि रहेका थिए ।

नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : १२ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा