बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरीमाथि कारबाही « Khabarhub

बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरीमाथि कारबाही


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोबारे काठमाडौं महानगरपालिकाले कारबाही अघि बढाएको छ।

बुधबार बिहान ८ बजेको समयमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही थालेको हो ।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइएको जनाएको छ ।

काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिएका छन् ।

पाण्डेले पदमुक्त गरिएका प्रहरीको नाम खुलाइएको छैन । उनले वक्तव्यमा कतिजनालाई पदमुक्त गरिएको हो भन्ने कुरा पनि खुलाएका छैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : १६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन